Logo
Logo

कांग्रेसले प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्ने, उपसमिति गठन


378
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेको भन्दै परिमार्जन गर्न लागेको हो । कांग्रेसमा प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार पार्दै आएको छ ।

प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको मुख्य सचिवकृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजक रहेको समितिमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य छन् ।

पार्टीले दिने सबै तहका प्रशिक्षण छरिएको रुपमा नभई एकरुपता ल्याउनका लागि पाठ्य सामग्री परिमार्जन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्