काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले आन्दोलनमा माइकिङ गर्न प्रयोग गर्दै आइरहेको गाडीको चाबी खोसेको छ ।
मंगलबार कास्की जिल्ला अदालतमा रविको म्याद थप्ने कि नथप्ने भन्ने बत्रहस भइरहँदा बाहिर रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो ।
जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । चाबी खोेसिएपछि आक्रोशित भएका कार्यबर्ताले ढुंगा हान्न थालेपछि उनले ढुङ्गा नहान्न कार्यकर्तालाई आग्रह गरेकी छन् । साथै उनले गाडीको चाबी फिर्ता माग्दै प्रहरीलाई आफ्नो स्थानमा जान आग्रह गरेकी छिन् ।
पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरेका उनीहरूले निषेधित क्षेत्र तोडेपछि केहिबेरअघि प्रहरीले ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।