काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन मंगलबार सुन एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।