Logo
Logo

अमेरिकाको पुनः राष्ट्रपति बन्दै डोनाल्ड ट्रम्प


1.4k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति बन्ने निश्चित भएको छ । राष्ट्रपतिका लागि मंगलबार भएको मतदानमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको जित उन्मुख छन् ।

१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा ट्रम्पतिर जाने देखिएको छ । यद्यपि, औपचारिक प्रोजेक्सन भने होइन । तर, रिपब्लिकन समर्थकका लागि यो ठूलो खुसी हो । किनकि पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकि, राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।

अमेरिकी राष्ट्रपति चुनावमा ७ स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जितेका छन् । १६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प विजयी भएका थिए ।

यस्तै, ट्रम्पले फ्लोरिडामा परिणाम उल्टाएका छन् । २०२० मा जो बोइडेनले जितेको यो राज्यमा योपटक ट्रम्पले बाजी मारेका छन् । यहाँ पनि १६ इलेक्ट्रोरल भोट छ ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्