वासिङ्टन डीसी । बुधवार विश्व शेयर बजार उकालो लागेको छ । विश्वभर लगानीकर्ताहरू विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामा मंगलवार भएको राष्ट्रपतिको निर्वाचनको परिणाम पर्खिरहँदा शेयर बजार बढेको हो ।
एसियामा बुधवार अधिकांश मुख्य शेयर परिसूचक हरियोमा छन् । आज नेपाली समयअनुसार बिहान १०ः ५७ बजे चीनमा साङ्हाई कम्पोजिट शून्य दशमलव १६ प्रतिशतले बढेर ३ हजार ३९२ दशमलव ३६ अङ्कमा आएको छ । हङकङमा भने हाङशेङ २ दशमलव ६८ प्रतिशतले घटेर २० हजार ४५९ दशमलव २६ अङ्कमा झरेको थियो ।
जापानमा निक्केई २५ परिसूचक २ दशमलव शून्य ३ प्रतिशतको वृद्धिसहित ३९ हजार २६५ दशमलव ७८ अङ्कमा उक्लिएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ९७ प्रतिशतले घटेर २ हनार ५५१ दशमलव ८३ अङ्कमा समेटिँदा सिंगापुरमा स्ट्रेट टाइम्स शून्य दशमलव शून्य ४ अंकले बढेर ३ हजार ५८२ दशमलव ९९ अङ्कमा पुगेको थियो ।
अमेरिकामा मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ। तर नोर्थ क्यारलाइना, जोर्जा र पेन्सिल्भेनिआजस्ता ुस्विङ स्टेटु आफ्नो पक्षमा आउने देखिएपछि डोनल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन्।