काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् ।
नोर्थ क्यारलाइना, जोर्जा र पेन्सिल्भेनिआजस्ता ‘स्विङ स्टेट’ आफ्नो पक्षमा आउने देखिएपछि डोनल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका हुन् ।
आफ्नो पार्टीको मुख्यालय रहेको फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा भइसकेको छैन । तर, ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने निश्चित प्राय भएको छ ।