Logo
Logo

अमेरिकामा मतगणना जारी, ट्रम्पको पल्ला भारी


630
Shares

वासिङ्टन डीसी । अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदै गएको छ । ब्याटल ग्राउन्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकी छ वटा ब्याटल ग्राउन्ड राज्यमा पनि उनले नै अग्रता  बनाएका छन् । सिनेट र कंग्रेसमा पनि रिपब्लिकन  उम्मेद्वार नै अगाडि छन् ।

ट्रम्पको नर्थ क्यारोलाइनाको जीत प्रक्षेपण र अन्य ब्याटल ग्राउन्ड राज्यको अग्रताको कारण रिपब्लिकन खेमा उत्साहित भएको छ भने डेमोक्रेटिक खेमामा भने खिन्नता र छटपटी बढेको छ । अझै सहरी क्षेत्रको लाखौं मत गन्न बाँकि रहेकाले डेमोक्रेटहरूले जीतको आशा भने मारिसकेका छैनन् ।

सिनेटमा पनि रिपब्लिकन पार्टीकै पल्ला भारी भएको छ । डेमोक्रेटिक पार्टीले जितिरहेको नर्थ भर्जिनिया र ओहायोमा रिपब्लिकन उम्मेदवारहरूले जितेका छन् भने पेन्सेल्भेनिया र मोन्टानामा रिपब्लिकन उम्मेदवारहरू नै अगाडि छन् ।  

संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिबस्मा पनि रिपब्लिकन पार्टीले आफ्नो बहुमत जोगाउला जस्तो छ । अमेरिकी चुनावको पछिल्लो अवस्था हेर्दा २००८ मा डेमोक्रेटिक पार्टीले जितेजस्तै क्लिन स्विप गर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्