Logo
Logo

मधेश मुक्तिका लागि जनमतको विकल्प छैन : जागेश्वर यादव


819
Shares

सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य जागेश्वर यादवले मधेशको मुक्तिका लागि जनमत पार्टीको विकल्प नरहेको दावी गरेका छन् ।

दृष्टिसँगको भेटघाटमा यादवले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । सिरहाको मिर्चैयास्थित निबासमा भएको भेटघाटमा यादवले मधेश र मधेशीलाई पुराना मधेशवादी दलहरूले धोका दिएको भन्दै सम्पूर्ण मधेशबासीलाई जनमत पार्टीमा गोलबद्व हुन अपिलसमेत गरे ।

‘मधेश र मधेशका जनताको हक अधिकार पुराना मधेशवादी दलहरूले सत्तास्वार्थमा बन्धक बनाए’ यादवले भने, ‘मधेशको बास्तबिक मुक्ति र मधेशबासीको हक अधिकार स्थापित गराउन जनमत पार्टीको बिकल्प छैन, त्यसैले सबै मधेशबासीलाई जनमतमा गोलबद्व हुन आग्रह गर्दछु ।’

यादव गएको चुनावमा सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार थिए । पछि उनले जनमत पार्टीका उमेदवारलाई समर्थन गरेका थिए ।

हाल जनमत सत्ता गठबन्धनमा छ भने मधेश प्रदेश सरकारको नेतृत्व पनि जनमतले गरेको छ । आउँदो चुनावमा जनमतबाट प्रतिनिधीसभा चुनाव लड्ने यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्