Logo
Logo

उपनिर्वाचनको लागि कांग्रेसले तोक्यो नेताको जिम्मेवारी


5.6k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको छ ।

बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन नेताहरूको जिम्मेवारी तोकेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न जिम्मेवारी तोकेको शर्माले जानकारी दिए ।

महामन्त्री शर्माका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेश, भीष्मराज आङ्दम्बे कोशी प्रदेश, महेन्द्र यादव मधेस प्रदेश, जीवन परियार कर्णाली प्रदेश र गण्डकी प्रदेश, डा. प्रकाशशरण महत अन्तर पार्टी समन्वय, एनपी साउँद सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाल लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मा प्रचार प्रसार संयोजन, मधु आचार्य स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकेको छ ।

बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्