काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पसँग हारेपछि कमला ह्यारिसले युद्धमा हारेको नभई युद्ध लम्बिएको टिप्पणी गरेकी छन् । उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमलाले हार स्विकार्दै समर्थकलाई सम्बोधन गर्नेक्रममा भनिन्, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन । यो संविधान रक्षाको कुरा हो ।’
करिब आधा घण्टाको सम्बोधनमा कमलाले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन् । उनले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि जानकारी दिइन् । उनले चुनावी अभियानमा लाग्दा यो नतिजा नसोचेको बताइन् ।
उनले महिलाले आफ्नो शरीरमा के गर्ने भन्नेमा अरूले नभएर महिलाले नै निर्णय लिनुपर्ने बताउँदै युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन् ।