Logo
Logo

चुनाव हारेपछि ह्यारिसको प्रतिक्रिया- कहिल्यै हार खानु हुँदैन


882
Shares


एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा पराजय ब्यहोरेपछि कमला ह्यारिसले चुनावी नतिजालाई सम्मान गर्नुपर्ने बताएका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएपछि एक सम्बोधन गर्दै उनले आफ्ना समर्थकलाई आफ्नो आदर्शका लागि कहिल्यै हार नखान र डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेका हुन् ।

‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भने, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’

आफ्ना समर्थकको निराशा चिर्न ह्यारिस चुनावी अभियान गीतसँगै मञ्चमा पुगेका थिए । सो क्रममा उनले आफ्ना रनिङ मेट, मिनेसोटा राज्यका गर्भनर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, पोल वर्कर र चुनावी अधिकारीलाई धन्यवाद दिए ।

उनको भाषणका दौरान धेरैजसो समर्थक आँसु पुछ्दै गरेका देखिएका थिए । चुनावमा हार हुनका बाबजुद पनि आफूले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता जनाएका छन् । जसका लागि आफूले अभियान चलाउने घोषणा पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्