Logo
Logo

ट्रम्पको जितपछि इरानले भन्यो- ह्वाइट हाउसमा जो बसेपनि फरक पर्दैन


693
Shares

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपतिमा पुनस् डोनाल्ड ट्रम्पको विजयले कुनै फरक नपर्ने बताएको छ ।

ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी टीभी च्यानल आईआईबीमा बोल्दै ट्रम्पको विजयले इरानलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिएका हुन् ।

इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’

बाराक ओबामाको कार्यकालमा भएको अमेरिका–इरानको आणविक सम्झौता डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१६ मा अन्त्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्