काठमाडौं । काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के र्ज जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त सडक कालोपत्रे गर्न लागिएको भन्दै भोलि (शुक्रबार)देखि १५ दिन बन्द गर्न लागिएको जानकारी दिएको हो ।
योसँगै कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका सवारी साधा गुड्न पाउने छैनन् ।
उक्त अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।