काठमाडौं । नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि तीनजनाको नाम सिफारिस गरेको छ । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीन जनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।
एमाले कोसी प्रदेश उपसचिव देवान राइले तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको जानकारी दिए । त्यस्तै नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।
१७ जना आकाङ्क्षीमध्येबाट सरदारलाई अगाडि सारिएको कांग्रेस जिल्ला सचिव ललित श्रेष्ठले बताए । महासमिति सदस्यसमेत रहेका सरदार पुराना नेतथा हुन् । २०८० माघमा ब्रेन ह्याम्रेज भएर बिरामी परेका ग्रामथानका जयप्रकाश गच्छदारको गत ३ असारमा निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।