Logo
Logo

सीआईबीले थाल्यो हनी ट्रयाप प्रकरणको अनुसन्धान


441
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रकरणको नेक्सस विभिन्न जिल्लासँग जोडिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाले यस प्रकरणमा मंगलबारदेखि अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान गरिने छ ।

गएको ६ असोजमा प्रहरी प्रभाग, भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन भन्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेको थियो । त्यसपछि ललितपुरका एसएसपी शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थालेका थिए ।

त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएको थियो । पछि प्रहरीले उनलाई पनि प्रतिवादी बनायो । पक्राउ पूर्जी जारी भएपछि शाही फरार छिन् ।

प्रतिक्रिया दिनुहोस्