Logo
Logo

उपनिर्वाचनको लागि रास्वपाले सातै प्रदेशमा जिम्मेवारी तोक्यो


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सात जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ ।

केन्द्रीय निर्वाचन संयोजक समितिको आज बसेको बैठकले सात वटै प्रदेशमा जिम्मेवारी तोकेको हो । कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई दिइएको रास्वपाले जनाएको छ ।

यस्तै मधेश प्रदेशमा सांसद डा। चन्दा कार्की, बाग्मतीमा सांसद शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्