Logo
Logo

कांग्रेस नेता तामाङको कन्ट्रक्सनसहित १ दर्जन बढी कम्पनी कालोसूचीमा


756
Shares

काठमाडौं । सरकारले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।

कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचनामा उल्लेख छ ।

कालोसूचीमा पर्नेमा कान्छाराम कन्सट्रक्सन, एन.बी. कन्स्ट्रक्सन, द कञ्चनजंघा कन्स्ट्रक्सन, बिरुवा कन्स्ट्रक्सन, बी.जी. निर्माण सेवा प्रालि पोखरा, पूजा कन्स्ट्रक्सन धनकुटा र साह निर्माण सेवा इनरुवा रहेका छन् । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो ।

उनीहरुले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्