Logo
Logo

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको झाले जानकारी दिए । पार्टी सभापति रवि लामिछाने भने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । सो विषयमा पनि आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्