Logo
Logo

सरकारले माग्यो टीआरसी सम्बन्धी दुई आयोगमा अध्यक्ष र सदस्य


630
Shares

काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग गरेको छ ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै आज एक सूचना जारी गरेका हुन् ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्