काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । छठ पर्वको समापनका दिन प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक विदा दिएको हो ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ ।
विराटनगरलगायत कोशी प्रदेशका विभिन्न जिल्लाका घाटहरू छठ पर्वका लागि सिंगारेर चिटिक्क पारिएको थियो । तराई क्षेत्रमा मात्रै मनाईने छठ पर्व पछिल्लो समय काठमाडौंसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाइन्छ ।