Logo
Logo

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर


1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनको लागि कमाण्डर तोकेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि पार्टी पदाधिकारीसहित नेताहरुले निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिको रुपमा पठाएको हो ।

पार्टीले भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको छ ।

यस्तै, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई निर्वाचन क्षेत्रका कमान्डर तोकेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा हुने उपनिर्वामा राप्रपाले कुनै दलसँग पनि तालमेल नगरी चुनाव लड्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्