Logo
Logo

पाथीभरामा केवलकार बनाउने विषयमा विवाद हुँदा ढुंगा हानाहान


1k
Shares

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केही बेरपछि विवाद सामसुमजस्तो भयो । निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।

पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन् । पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्