Logo
Logo

सिमाक्षेत्रमा नक्कली पत्रकारको बिगबिगी, तस्करले पनि देखाउँछन् पत्रकारको कार्ड


3.1k
Shares

लहान । सिरहा लगायत मधेश प्रदेशका दक्षिणवर्ती सिमानाकामा नक्कली पत्रकारको आतंक बढेको छ । कतिपय अवस्थामा तस्करीमा संलग्नहरूले समेत संबाददाताको कार्ड देखाउने गरेको प्रहरी प्रशासनका अधिकारीहरूले बताएका छन् ।

सिमाक्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरूले आफूलाई पत्रकार भनेर परिचय दिनेहरूले तस्करीका लागि ब्यापारीहरूसँग साँगाँठ गर्न घुमाउरो गरि दिने गरेको दुखेसो ब्यक्त गरेका छन् ।

सिरहाको दक्षिणी सिमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलका एक डिएसपीले नक्कली पत्रकारहरूले ब्यापारीहरूसँग मिलेर तस्करीका लागि सिमानाका खुल्ला गर्न दबाब दिएको बताउँदै भने– ‘त्यसरी दबाब दिनेहरूको नाम लिएर पत्रकार महासँघमा इन्क्वायरी गर्दा नक्कली पत्रकार रहेको भेद खुल्यो ।’

कतिपय चाहीँ कहिल्यै नाम नसुनेको मिडियाको कार्ड देखाएर तस्करी सहज बनाउन सहयोग गर्छौँ भन्दै भेट्न आउने गरेको बताउँदै ति डिएसपीले भने– ‘कतिपयचाहीँ ब्यापारीसँग सेटिङ मिलाउँछौँ भन्दै आउने गरेकाछन् ।’

मिडियाको कार्ड दुरूपयोग भईरहेकोप्रति सबंद्व मिडिया र नेपाल पत्रकार महासंघ संबेदनशिल बन्नुपर्ने सुरक्षाकर्मी प्रमुखहरूको सुझाव छ ।

त्यस्तै नेपाल पत्रकार महासंघले पनि नक्कली पत्रकार भएको शंका लाग्नसाथ महासंघलाई जानकारी गराउन सिमामा तैनाथ सुरक्षाकर्मीहरूसँग आग्रह गर्नुपर्ने एक पत्रकारले बताए ।

पत्रकारको आवरणमा तस्कर र सुरक्षाकर्मीबिच बिचौलियाको काम गर्नेहरू बढिरहँदा पत्रकारिता क्षेत्र बदनाम हुन थालेकोप्रती संबद्व सबै पक्ष सचेत हुनुपर्ने सरोकारबालाहरूले बताएकाछन् । कतिपय स्थानहरूमा त तस्करहरूले नै पत्रकारको काड देखाउने गरेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्