Logo
Logo
मानव तस्करी प्रकरण

कोशीका पूर्वमन्त्री अधिकारीलाई अदालतमा पेस


1.1k
Shares

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरिएको छ ।

जिल्ला सरकार वकिलको कार्यालयमार्फत अधिकारीलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । उनलाई २ दिन म्याद थपको माग गरिएको छ ।

उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पूर्वमन्त्री अधिकारीमाथि जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्