Logo
Logo

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेशसभाले निकाल्यो सूचना


504
Shares

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएको बारे प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको छ ।

सोमबार प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट प्रदेशसभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।

अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको जानकारी प्राप्त भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्