Logo
Logo

डिएसपीलाई कारवाहीको तयारी


5.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरुमा छटपटी शुरु भएको छ । सशस्त्र प्रहरीले पछिल्लो पटक टोली बनाएर अनुगमन गर्न थालेको छ । जसमा चितवनका एक डिएसपीलाई कारवाहीको तयारी थालिएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएका सशस्त्र प्रहरीका डिएसपी शम्भु कटुवाललाई कारवाहीको तयारी थालिएको हो ।

उनी अहिले चितवनको छरछरे बिओपीको इन्चार्ज रहेका छन् । न कतै मिसन गएका छन् , न तलबले त्यत्रो घर बन्छ , उनी करिब १० बर्ष मधेस प्रदेश बसेर तस्करी गराउन तल्लीन थिए । जस्ले घर र अरु २÷३ वटा घडेरी किन्न सफल पनि भए । चितवन गएपछि उनको विषयमा अनेकन प्रश्न उठेकाले अनुगमन टोली पठाएको थियो ।

अहिले चितवनक छरछरे बिओपी पुगेका उनी त्यहाँ तस्करी गराउन नपाए पछि मातहत कर्मचारी बिदा छोडेर राशनबाट कमाउन लागेका थिए । महंगा होटेलमा पुगेर बिदा मनाउने उनलाइ पैसको जरुरत पर्यो अनि ३० जना रहेको बिओपिमा २० जना त बिदामानै हुन्छन् भन्ने उजुरीका आधारमा अनुगमन गरिएको थियो ।

त्यसमा कमजोरी भेटिएपछि कारवाही थालिएको छ । कमान्डर हुँदा कहिल्यै सुधारको काम नगर्ने तर कामाउ धन्दा मात्र गर्ने उनको बानी रहेको बताइन्छ । ‘चितवनको छरछरे नाका होइन त्यसैले उनको ध्यान बिदा छोडेर राशनमा गएको रहेछ’, श्रोतले भन्यो ।

उनको महंगो दैनिकी देखेर मातहत कर्मचारी समेत अचम्म पर्ने गरेका थिए । उनी मात्र होइन राशनको पैसाले उनको घर परिवारलाइ पनि खर्च पु¥याउनुपर्ने उनीसँग तराइ बसेका एक जुनियर अधिकृतले बताए ।

कर्मचारीलाई विदामा पठाएकै कारण चितवनमा रहेको गणले थप मद्दत माग्दा दिन सकेको छैन । उनको विषयमा अहिले मूख्यालयमा उजुरी परेको र उजुरीपछि मूख्यालयले उनको निगरानी बढाएको छ । ‘उजुरी परेको थियो यसमा छानवीन भैरहेको छ’, मुख्यालय स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्