Logo
Logo

ओली र विष्णु पौडेल गणतन्त्र विरोधी हुन् : माधव नेपाल


8.3k
Shares

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाएका छन् ।

सोमबार वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रीय समिति बैठकमा निर्णय गर्दा ओली, विष्णु पौडेल लगायतका ठुला नेताहरू गणतन्त्रको विरुद्धमा उभिएको बताए ।

‘त्यो बेला निकै विवाद भयो । विवाद गर्नेले गणतन्त्र नेपालमा सम्भव छैन भने, ती साना नेता हैनन् ठुला नेता हुन् केपी ओली, विष्णु पौडेल हुन्’, उनले भने । उनीहरुले फरक मत राखेको र केपीले बयलगाढा चढे अमेरिका पुग्न सकिन्छ ? भन्दै भाषण दिने गरेको अध्यक्ष नेपालले बताए ।

उनले आन्दोलन गरेर राजा फाल्न नसकिने भन्दै गणतन्त्रको विरोध गरेर ओली हिँडेको तर आफूहरूले त्यसको अगुवाइ गरेर देशमा गणतन्त्र आएको बताए । उनले भने, ‘गिरिजाले पनि मलाई माधव बाबु अब यो गणतन्त्रमा नजौँ भनेका थिए तर मैले हुँदैन अब आन्दोलन अघि बढिसक्यो सबै लागौँ भनेर अघि बढियो । त्यसैको जगमा आज गणतन्त्र आयो ।’

कुनै बेला केपी ओली आफ्नो डेरामा बस्न आएको बताउँदै नेपालले एमाले विभाजनपछि केही समयअघि आफूसँग आएर आफ्नो निकै प्रशंसा गरेको पनि सुनाए । उनले थपे, ‘स्वार्थका लागि आए, प्रचण्डजी पनि सुत्नुभयो । बिच बाटोमा गएर प्रचण्डजीलाई एक लात्ति हानेर नर्कमा पठाएर आफू स्वर्गमा गए ।’

प्रतिक्रिया दिनुहोस्