Logo
Logo

राजेशपायलले २७ लाखको सपिङ केका लागि गरे ? (भिडियोसहित)


1.2k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मेगास्टार राजेशपायल यतिखेर अमेरिकामा छन् । दशैं–तिहारको अवसरमा सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलले यसपटक पनि अमेरिकाको विभिन्न राज्य र सहरमा सांगीतिक धमाका मच्चाएका छन् ।

लाइभ पर्फमेन्समा दर्शकले अत्याधिक रुचाइएका राजेशपायल अमेरिकामा कन्सर्ट र भेटघाटको व्यस्तताको बाबजुद आफ्नो लागि सपिङ गर्न समेत भ्याएका छन् । यस पटकको अमेरिका भ्रमणमा राजेशपायलले करिब २७ लाख रुपैयाँ बराबरको सपिङ गरेका छन् । सम्भवतः एकैपटक त्यो पनि एक घण्टाकै अवधिमा यति धेरै रकमको सपिङ गरेको यो पहिलोपटक हुनसक्छ ।

राजेशपायलले अमेरिकाको नियमसारस्थित एक बेस्ट वाईमा एकैपटक २७ लाख बराबरको सपिङ गरे । उनले आफ्नो खुल्न लागेको अनामनगरस्थित सायरेम स्टुडियोका लागि क्यामेरा लगायतका सामानहरु क्यास पेमेन्ट गरेर एकैपटक किनेका हुन् ।

‘राई ईज किङ’ले त्यतिका रकमको सामान केका लागि र किन एकैपटक खरिद गरे ? त्यो उनैलाई थाहा छ । तर, उनले दृष्टिन्युजसँगको टेलिफोन सम्पर्कमा भने, ‘यो नेपाली कला र कला क्षेत्रमा आउने नयाँ प्रतिभालालाई अवसर दिन म्युजिक भिडियो आफ्नै स्टुडियो निर्माण गर्ने उद्देश्यले यी सामान खरिद गरेको हुँ ।’

राजेशपायलले आफूले सामान खरिद गरेको एउटा भिडियोको फुटेजसमेत सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । राजेन्द्र राई खिचेको उक्त भिडियोमा राजेशपायलले डलर खनखन गनेर सपिङ गरिरहेको देख्न सकिन्छ ।

भिडियोमा भनिएजस्तै २७ लाख रुपैयाँकै सपिङ गर्नुभएको हो ? भन्ने दृष्टिन्यजको प्रश्नमा राजेशपायलले ठट्टा गर्दै भने, ‘त्यो भिडियो साथी राजेन्द्र राईले खिच्नुभएको हो । त्यसमा के के भनिएको छ, थाहा भएन । तर, मेरो सामानको विल मलाई थाहा छ, त्यसमा २७ लाखभन्दा माथिको पनि हुनसक्छ, २७ हजारको पनि हुनसक्छ ।’

राजेशपायल राई पछिल्लो समय म्युजिकल वल्ड टुरमा छन् । हाल अमेरिका रहेका मेगास्टार राजेशपायल राई नेपाल आएलगत्तै डेनमार्कबाट युरोप टुर गर्दैछन् ।

राजेशपायलले शेयर गरेको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्