Logo
Logo

दीपक मनाङे डिल्लीबजार कारागार चलान


1.4k
Shares

काठमाडौं । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले मनाङेलाई डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । सिआइबीले उनलाई आज बिहान काठमाडौंको सानो भ¥याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्