Logo
Logo
सहकारी ठगी प्रकरण

भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन


1.8k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान जारी छ ।

रविको बयान चलिरहँदा बाहिर बुटवलको सुप्रिम सहकारीका पीडितहरूले आन्दोलन सुरु गरेका छन् । सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन थालेका हुन् । सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्