Logo
Logo

सुर्खेतको देउती बज्यै मन्दिरमा पुजारी मृत भेटिए


315
Shares

काठमाडौं । सुर्खेतको चर्चित देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएका छन् । आज बिहान वीरेन्द्रनगर नगरपालिका–११, बस्ने ५० वर्षीया सरस्वती राजी मुख्य मन्दिरको पूर्वी ढोकामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी गरेको छ । मन्दिरको पूजापाठ बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्