काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएका छन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेका हुन् ।
उद्यपी उनको भ्रमण मिति तय भइनसकेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए ।
चीनले प्रधानमन्त्री केपी ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री बेइजिङ जान लागेको बताइएको छ ।