Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कसप सम्पन्न


252
Shares

काठमाडौं । ‘एक्सेल एण्ड इलिभेट’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘इम्प्लोइ स्किल इनह्यान्समेण्ट वर्कसप’ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागीय प्रमुख तथा देशैभरिबाट प्रशासनिक कर्मचारी गरी २५० जनाभन्दा बढीको सहभागिता भएको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी कम्पनीको ब्राण्ड एम्बेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु¥याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् ।

देशैभरिबाट कम्पनीको दैनिक कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सात जना प्रशासनिक कर्मचारी अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविणकुमार शर्मा, दमौली शाखाबाट मिलन थापामगर केन्द्रीय कार्यालयकी दिक्षा पनेरु, राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कृत भएका छन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकाले यसतर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकाले उनीहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकाले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आपूmलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुनसुकै समस्याको समाधान गर्न सहजीकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागी प्रशासनिक कर्मचारीहरुको परीक्षा सञ्चालन गरिएको थियो । सो परीक्षामा सफल हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कारसहित सम्मान गरेका थिए । यसैगरी सम्मेलनमा पुरुषतर्फ फुटसल र महिलातर्फ म्युजिकल चेयरजस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । उनीहरुलाई पनि प्रमुुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्