काठमाडौं । नेकपा एमाले इलामको ११औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । सदरमुकाममा दुई दिनसम्म चल्ले अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
जसमा जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, उप-सचिव दुई गरी पाँच पदाधिकारीका लागि निर्वाचन हुनेछ । यस्तै, बढीमा एकसय २५ जनाको जिल्ला कमिटी गठन हुने छ ।
अधिवेशनमा पाँच सय ८३ जना प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरू जिल्लाका ८१ वडा, २१ जनसंगठन र पेशागत संगठन, तीन इलाका शाखा र एउटा विशेष वडा कमिटीबाट चयन गरिएका हुन् ।