Logo
Logo

अनुमतिबिना नेपाल प्रवेश गरेका २ बंगलादेशी नागरिक पक्राउ


315
Shares

काठमाडौं । प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुईवटा मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज विष्टले जानकारी दिए ।

उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्