Logo
Logo

कनकाई ६ मा को-को छन् वडाध्यक्षका उम्मेदवार ?


567
Shares

झापा । कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार चयन गरेका छन् ।

नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ भने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)ले गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट निर्वाचित एमालेका वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।

उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्