काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य सामान्य बढेको छ । बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुन आज प्रतितोला १ सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।