काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाउँदा ८ बैंकले अधिकतम ब्याजदर स्थिर राखेका छन् ।
स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।
बैंक | कात्तिकको ब्याजदर % | मंसिरको ब्याजदर % |
कृषि विकास | ५.७५ | ५.५३ |
राष्ट्रिय वाणिज्य | ५.८ | ६ |
नेपाल एसबीआई | ६ | ६ |
लक्ष्मी सनराइज | ६ | ५.५ |
ग्लोबल आईएमई | ६.२५ | ५.७५ |
कुमारी | ६.०१ | ५.७१ |
प्राइम कमर्सियल | ६ | ५.७५ |
नेपाल | ५.९५ | ५.९५ |
सानिमा | ६.१५ | ६.१५ |
सिटिजन्स | ५.७५ | ५.६५ |
नबिल | ६.२५ | ५.७५ |
इन्भेस्टमेन्ट मेगा | ६.५ | ६.५ |
सिद्धार्थ | ६ | ६ |
स्टान्डर्ड चार्टर्ड | ६.५ | ६.२५ |
एभरेस्ट | ६ | ६ |
प्रभु | ६.१ | ६.१ |
एनएमबी | ६.५ | ५.५७ |
एनआईसी एसिया | ६.९९ | ६.७९ |
हिमालयन | ६.२५ | ६.२५ |
माछापुच्छ्रे | ७ | ६ |