Logo
Logo

दार्चुला दुर्घटनामा चार जना घाइतेको हेलिकप्टरबाट उद्धार


189
Shares

धनगढी । दार्चुलामा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनाको उद्धार गरी धनगढी अस्पताल ल्याइएको छ । चार जनालाई उद्धार गरी सेनाको हेलिकोप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको हो ।

शुक्रबार शैल्यशिखर नगरपालिका–६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको उद्दार गरि अस्पताल पु¥याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट दुई सय मिटर तल खसेको हो । दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्