डोल्पा । नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो ।
यस्तै, जिल्ला कमिटी उपाध्यक्षमा लंकबहादुर शाही, सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र रानामगर तथा जुनी बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।