Logo
Logo

पहिलोपटक नेपालबाट बंगलादेश बिजुली निर्यात सुरू


252
Shares

काठमाडौं । नेपालबाट पहिलाेपटक आज (शुक्रबार)देखि बंगलादेशमा बिजुली निर्यात सुरु भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल उद्घाटन गरेसँगै बिजुली निर्यात औपचारिक रुपमा सुरुवात भएको हो । यो याममा एक दिन अर्थात आज मात्र बिजुली निर्यात हुनेछ ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ ।
त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्