Logo
Logo

गौरमा पर्यटन विकास कार्यालय स्थापना


प्रेमचन्द्र झा

315
Shares

रौतहट । गौरमा पर्यटन विकास कार्यालयको स्थापना भएको छ । उक्त कार्यालयको शुक्रबार एक समारोहबिच मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले गौरमा पर्यटन विकास कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले मधेशका पर्यटन क्षेत्रको बिकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । मधेश प्रदेशको दुईवटा जिल्लालाई जोडेर पर्यटन सर्किट बनाउन लागेको उनले जानकारी दिए ।

उदघाटन भएको कार्यालयबाट रौतहट र सर्लाहीको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसार हुने विश्वास मन्त्री मियाले गरे ।

पर्यटन विकास कार्यालय गौर रौतहटका पर्यटन विकास अधिकृत संजयकुमार मिश्रको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री त्रिभुवन साह, प्रदेश सभा सदस्य ईन्दु साह, जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या राय यादव, गौर नगर प्रमुख शम्भु साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साह, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवाल लगायतले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्