काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा धेरै कर तिर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
कर दिवसका अवसरमा अर्थमन्त्री बिष्णु पौडेलले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन् । यसपटक पनि व्यक्तितर्फ उत्कृष्ट करदाताको रुपमा बिजयबहादुर शाह सम्मानीत भएका छन् ।
वस्तु व्यापारतर्फ भाटभटेनी सुपर स्टोर्सले उत्कृष्ट करदाताको सम्मान पाएको छ । भाटभाटेनी सुपर स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङलाई सो सम्मान प्रदान गरिएको हो । यस्तै, वस्तुतर्फ नै सीडीएस एण्ड क्लियरिङ पनि सम्मानित भएको छ ।
यस्तै, बैंकिङतर्फ नबिल बैंकले यसवर्ष पनि उत्कृष्ट करदाताको सम्मान पाएको छ । कृषितर्फ पतञ्जली आयुर्वेद, शिक्षामा लुम्बिनी मेडिकल कलेज र पर्यटनमा तारागाउँ रिजेन्सी होटलले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।
यस्तै, निर्यातमा डाबर नेपालले सम्मान पाउँदा सूचना प्रबिधिमा कड्ताप टेक प्रालीले सम्मान पाएको छ । दुर सञ्चारतर्फ नेपाल टेलिकमले धेरै कर तिरेर सम्मान पाएको छ । इन्टर प्राइजेजतर्फ श्रुति ट्रेडर्सले सम्मान पाएको छ ।
यस्तै, उर्जामा भोटेकोशी पावरले सम्मान पाउँदा रेमिटेन्समा भने यसपाली सीटी एक्सप्रेसले सम्मान पाएको छ । धेरै कर तिरेर होङसी सिमेन्ट, सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेज पनि सम्मानीत भएका छन् ।