Logo
Logo

मलेसिया वन मन्त्रालयका कर्मचारीलाई उद्धार तालिम


567
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मलेसियाको वन मन्त्रालयमा कार्यरत २१ कर्मचारीलाई उद्धार तालिम प्रदान गरेको छ ।

प्रतिष्ठानले मलेसियन सरकारको सहयोगमा ललितपुरको गोदावरी र भक्तपुरको नगरकोटमा नौ दिने उद्धार तालिम प्रदान गरेको हो । उक्त तालिममा सहभागी कर्मचारीलाई आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल पर्वतीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनले सुरक्षित र दिगो हिमाली पर्यटन सुनिश्चित गर्न तथा दक्ष जनशक्ति उत्पादनमा पर्वतीय प्रशिक्षण प्रतिष्ठानले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । तालिमले दीर्घकालीन पर्यटन विकासमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।

मन्त्री खड्काले यस्ता तालिमले नेपाल र मलेसियाबीचका सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । यस्ता पहलले हिमाली पर्यटन प्रवद्र्धन मात्र होइन अन्तर्राष्ट्रिय सहयोगलाई समेत बढावा दिने मन्त्री खड्काले बताए । उनले भविश्यमा पनि यस्ता सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गरे ।

विसं २०५८ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म पाँच हजारभन्दा बढीलाई पर्वतीय पदयात्रा तालिम प्रदान गरिसकेको प्रतिष्ठानका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले जानकारी दिए ।

साहसिक पर्यटनमा स्नातककोत्तरसम्मको अध्यापन गराउँदै आएको प्रतिष्ठानले ‘स्पेशल रेस्क्यु’ तालिमसमेत गराउँदै आएको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राई, क्याम्पस प्रमुख शिवप्रसाद जैसी र नेपालस्थित मलेसियाका राजदूतावासका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्