काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ । यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादीबाट शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका नेता, कार्यकर्ता पुगेका थिए । महर्जनले २०७९ को चुनावमा पनि मेयरका उम्मेदवार थिए । उनले चार हजार मत प्राप्त गर्दै तेस्रो भएका थिए । माओवादी उम्मेदवार महर्जनलाई नेकपा एकीकृत समाजवादीले पनि सर्मथन गरेको छ ।