ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध भएका छन् ।
उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । कांग्रेस उम्मेवार भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि यसको औपचारिक घोषणा हुन् बाँकी छ ।
कांग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले उम्मेदवारी नदिई कांग्रेसकै भट्टराईलाई समर्थन गरेको थियो ।