Logo
Logo

स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने


189
Shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले सोमबार बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको छ ।

यस्तै, मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

यस्तै, मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ ।

यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्