काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी माग गरेको छ । आज (सोमबार) एक सूचना जारी गर्दै प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि ७ कर्मचारी माग गरेको हो ।
जसमा मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।