काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
उनका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो । बैठक भोलि बस्न सक्ने उनले बताए ।
बैठकमा स्थानीय तह उपनिर्वाचनदेखि माओवादी केन्द्रले यसअघि तय गरेको पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विभिन्न कार्यक्रममा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।