काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु ९एन–एएलजेड विमानले नियमित उडान सुरु गरेको छ ।अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो ।
आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । मकालुले उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।